Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन

नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन

बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।

    भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।

    images

    योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ ।  त्यस्तै ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।

    त्यसैगरी काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ ।  यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौँ अवतरण हुने समय पनि परिवर्तन भएको छ ।यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाडौँमा अवतरण हुन्थ्यो । अब ९ः२५ मा आइपुग्नेछ ।

    भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द रहनेछ ।

    na_Cl9zOGTtlC.webp

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार