Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अनेसास अफ्रिकाले मनायो भब्यताका साथ देवकोटा जयन्ती

अनेसास अफ्रिकाले मनायो भब्यताका साथ देवकोटा जयन्ती

बिहिवार, कार्तिक २२ २०८१
  • नैरोबी केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले नयाँ कार्यसमिति गठन गरी ११६ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्ती भब्यताका साथ मनाएको छ ।

    जुममार्फत आयोजित जन्मजयन्ती समारोहमा वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले अफ्रिकामा पनि देवकोटा जयन्ती मनाउनु भनेको नेपाली भाषा साहित्यको विश्वव्यापीकरण भएको गर्वलाग्दो सुचक भएको बताए । उनले अनेसासलाई महाकवि देवकोटाका मुनामदन लगाएतका कृतिहरुलाई अङ्ग्रेजी लगाएत अन्य विदेशी भाषामा अनुवाद गरि प्रकाशन गर्न अनुरोध पनि गरे ।

    images

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेले अफ्रिका च्याप्टरले स्थापनाको छोटो समयमा नै किलिमन्जारो प्रकाशन लगाएत नेपाली साहित्यका अफ्रिकामा सक्रियता साथ विभिन्न गतिविधि आयोजना गर्नु गौरवको विषय भएको बताए । कार्यक्रममा साहित्यकारहरु टीका आत्रेय, बिटु के. सी., एन. बि. अन्जान, विमल बैद्य, रेणुका भट्टराई, अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, केन्द्रीय सल्लाहकार हिक्मत थापा, केन्द्रीय उपाध्यक्ष गणेश खड्का तथा अनेसास अफ्रिका महादेशीय च्याप्टरका कार्यसमिति पदाधिकारीहरु तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठ, अनेसास केन्द्रीय अध्यक्ष वाग्ले, टीका आत्रेय, बिटु के सि, एन बि अन्जान, बिमल वैद्य, रेनुका भट्टराई, लालगोपाल सुवेदी, हिक्मत थापा, गणेश खड्का, गंगा बस्यालले लगायतले रचना वाचन गर्दै महाकवि देवकोटाले साहित्यिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गरेका थिए ।

    कार्यक्रममा अनेसास अफ्रिका महादेशीय च्याप्टरका सदस्य रामचन्द्र राईले अतिथिहरुलाई स्वागत मन्तव्य दिँदै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने महासचिव चन्द्रा आचार्यले कार्यक्रमकाे संचालन गरेकी थिइन् । कार्यक्रमका सभापति अनेसास अफ्रिका महादेशिय च्याप्टरका नवनिर्वाचित अध्यक्ष कृष्ण दत्त भट्टले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

    देवकोटा जयन्तीको कार्यक्रम आयोजना गर्नु अघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले कृष्णदत्त भट्ट (केन्या) लाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको थियो । त्यसै गरी उपाध्यक्षमा पासाङ्ग शेर्पा गाेपर्मा (तान्जानिया), महासचिवमा चन्द्रकला आचार्य (रुवान्डा),सचिवमा सागर भण्डारी (केन्या) , काेषाध्यक्षमा तिर्सना काेइराला ( रुवान्डा) र सदस्यहरुमा रामचन्द्र राई ( सेसेल्स ),गंगा बस्याल (केन्या) , भरत रिजाल ( नाइजेरिया) र महेन्द्र भट्टराई ( सेसेल्स) छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार