Oct 28 2026 | २०८३ कार्तिक १२ गते

त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ

त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ

बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

    सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका तीन चिनियाँ नागरिक सुनसहित पक्राउ परेका हुन्।

    images

    उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करीब  ५ किलो ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेहरूमा झियानझोङ र म्यानमारका साट नेइङ टुन र एइ एनगोन फू रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार