Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पक्राउ

कुवेतमा समातिए रेड नोटिस जारी भएका व्यक्ति

कुवेतमा समातिए रेड नोटिस जारी भएका व्यक्ति

मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।

    धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

    images

    एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको हो।

    उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गरी पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट असोज १८ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।

    उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार