Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दिनमा १०० खिल्ली चुरोट पिउने शाहरुखले छाडे धूम्रपान

दिनमा १०० खिल्ली चुरोट पिउने शाहरुखले छाडे धूम्रपान

सोमवार, कार्तिक १९ २०८१
  • मुम्बई।बलिउडका बादशाह शाहरुख खान वर्षौंदेखि चेन स्मोकर हुन् । शाहरुख आफैले एक अन्तर्वार्तामा आफू दिनमा १०० खिल्ली चुरोट पिउने गरेको बताएका थिए । तर,अब वर्षौंपछि उनले चुरोट छोड्ने निर्णय गरेका छन् ।

    हालै आफ्नो ५९ औं जन्मदिनको विशेष अवसरमा एक कार्यक्रममा सहभागी भएका शाहरुखले फ्यानसँग कुरा गर्दै आफूले चुरोट छोडेको बताएका थिए । तर, यसका कारण उनी केही स्वास्थ्य समस्या झेलिरहेका छन् ।गत शनिबार शाहरुख खान आफ्नो जन्मदिनमा बान्द्राको रंगमन्दिर अडिटोरियममा आयोजित कार्यक्रममा सहभागी भए । यही क्रममा उनले स्टेजमा भने, अर्को राम्रो कुरा छ साथीहरू । अब म चुरोट पिउँदिन ।

    images

    चुरोट छोडेपछि आफूलाई  सास फेर्न समस्या नहोला भन्ने लागेको तर त्यस्तो नभएको शाहरुखले खुलाए । उनले भने,मलाई श्वास फेर्न समस्या नहोला भन्ने लागेको थियो तर अहिले पनि त्यो महसुस गरिरहेको छु।आशा गरौँ यो पनि समयसँगै ठीक हुनेछ।केही वर्षअघि नै शाहरुखले आफ्ना सन्तान आर्यन, सुहाना र अबरामका लागि चुरोट छोड्न चाहेको बताएका थिए ।

    शाहरुख खानसँग फिल्म कोयलामा काम गरेका अभिनेता प्रदीप रावतले हालै सिद्धार्थ कननलाई दिएको अन्तर्वार्तामा भनेका थिए कि शाहरुख चेन स्मोकर हुन् । उनले भनेका थिए, ‘छायाङ्कनको क्रममा म शाहरुखसँग धेरै नजिक थिइनँ, तर उनी निकै राम्रो स्वभावका व्यक्ति हुन्, मलाई एउटा कुरा याद छ कि शाहरुखले जति चुरोट पिउने गरेको मैले अरु कुनै अभिनेतालाई देखेको छैन । उनले एउटै चुरोटबाट आर्को चुरोट बालेर दोस्रो र तेस्रो चुरोट पिउने गर्थे । उनी एक वास्तविक चेन स्मोकर हुन्। तर फिल्मप्रति उनको समर्पणको कुनै सीमा छैन।

    सन् २०१२ मा शाहरुख खान आफ्नो टोली कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल हेर्न आएका बेला सार्वजनिक स्थानमा धुम्रपान गरेको भन्दै जरिवाना लगाइएको थियो । यस क्रममा उनलाई स्टेडियममा सार्वजनिक रुपमा चुरोट पिइरहेको देखिए । यस्तो अवस्थामा जयपुरको अदालतले उनलाई दोषी ठहर गर्दै जरिवाना लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार