Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्टान्डर्ड चार्टर्ड बैंकद्वारा २५.५ प्रतिशत लाभांश घोषणा

स्टान्डर्ड चार्टर्ड बैंकद्वारा २५.५ प्रतिशत लाभांश घोषणा

मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।

    धनतेरस दिनकै अवसर पारेर बैंक सञ्चालक समिति बैठकले सेयर धनीलाई कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । यो लाभांशमा करसहित १९ प्रतिशत नगद र ६.५ प्रतिशत सेयर बोनस रहेको कम्पनीले जनाएको छ ।

    images

    लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बैंकले गत आर्थिक वर्ष १९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । प्रायः नगद लाभांशलाई जोड दिँदै आएको बैंकले यस पटक बोनस सेयर समेत प्रदान गर्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार