Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौँ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो ।

    अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

    images

    महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ ।

    यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार