Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा जाने भएका छन्।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने भएका हुन् । प्रधानमन्त्री ओलीले खेल अवलोकन र उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

    सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ। तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

    नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार