Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्रै टिकट किन्न पाइने एन्फाले जनाएको छ ।

    एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकट मात्र टिकट बिक्री गर्नेछ । जसमध्ये जावलाखेलबाट साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ ।

    images

    त्यस्तै एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ ।

    आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैँ लिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार