Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल'मा २० प्रतिशत छुट पाउने

ज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल'मा २० प्रतिशत छुट पाउने

मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल' मा २० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभाग प्रमुख कुशलजंग अधिकारी र स्काइवाक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले बैंकका ग्राहकलाई २० प्रतिशत छुट दिने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल' को भ्यू-टावर भ्रमण गर्दा टिकट शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकमाझ प्रमुख भ्रमण गन्तव्य बन्न सफल 'स्काइवाक' टावर काठमाडौंको दृष्यावलोकनका लागि उचित छ ।

    images

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा आफ्ना ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

    बैंकले चितवनस्थित जंगल भिल्लजा रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।  ज्योति विकास बैंकका उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार