Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रीमती हत्याका अभियुक्त बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ

श्रीमती हत्याका अभियुक्त बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ

मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । श्रीमती हत्याका मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।  भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका प्रहरीले जनाएको छ ।

    एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

    images

    उनी झापाको मेचीनगर नगरपालिका- ११ धाईजन बस्ने ४८ वर्षीया श्रीमती शर्मिला तामाङको हत्यामा संलग्न थिए । श्रीमतीको हत्यापछि फरार भएका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलबाट २०८१ साल असोज १ गते रेड नोटिस जारी भएको थियो ।

    उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी झापाको टोलीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार