Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटलको ग्राण्ड कार्यक्रम सम्पन्न गरेको छ ।

    कम्पनीले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरूका लागि ग्राण्ड होटेल पोखरामा शुक्रबार र शनिबार मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटलको ग्राण्ड कार्यक्रम आयोजना गरेको थियो ।

    images

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल (सिइओ), प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

    sun nepal 2.jfif

    कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली)ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै ब्यवसायिक रूपमा अर्थोपार्जन गर्न सकिने बताएकी छन् । साथै, उनले महिलाहरूले गृहिणीको रूपमा मात्र सीमित नरही ब्यवसायिक रूपमा अभिकर्तामार्फत र आत्मनिर्भर र सामाजिक रूपान्तरण गर्न आग्रह गरेकी थिइन् ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरे । त्यस्तै, उनले प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरूलाई  सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शनसमेत दिए । साथै, सिइओ अर्यालले अभिकर्ताहरूलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई  सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरू ल्याउन काम गरिरहेको समेत जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार