Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

कात्तिक २३ गतेदेखि राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

कात्तिक २३ गतेदेखि राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि  चैत १८ गतेसम्म रातको समयमा बन्द हुने भएको छ ।

    विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा मर्मत गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

    images

    अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
    तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने भएको छ ।

    प्राधिकरणले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजोम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको हो।

    सूचनाअनुसार, कात्तिक २३ गतेदेखि विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ। यस अवधिमा, कात्तिक २३ देखि चैत १८ सम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहने उल्लेख गरिएको छ।

    हाल काठमाडौं विमानस्थल बिहान ६ बजे देखि राति २ बजेसम्म सञ्चालनमा छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार