Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

एनआरएनएको आज हुने साधारणसभामा प्रधानमन्त्री, परराष्ट्र मन्त्रीसहित ९ मन्त्री सहभागी हुने

एनआरएनएको आज हुने साधारणसभामा प्रधानमन्त्री, परराष्ट्र मन्त्रीसहित ९ मन्त्री सहभागी हुने

आइतवार, कार्तिक ११ २०८१
  • काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आज हुने साधारण सभामा प्रधानमन्त्री, परराष्ट्र मन्त्रीसहित ९ मन्त्री सहभागी हुने भएका छ्न्। आज आइतबार सोल्टि होटलमा आयोजित सभाको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्ने भएका हुन्।

    संघले असन्तुष्ट पक्षलाई एकताको लागि आब्हान गर्दै वार्षिक साधारणसभामा भाग लिन आब्हान समेत गरेको छ।

    images

    संघका महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघको विधानको दफा १४ अनुसार प्रत्येक वर्ष गर्नु पर्ने अनिवार्य व्यवस्था भएको हुँदा कार्य समितिबाट वार्षिक साधारण सभा गर्ने निर्णय भएको सबैमा जानकारी गराएको छ।

    साधारण सभामा सहभागि हुनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु नेपाल आइ सकेका  र सोका लागि आवश्यक सम्पूर्ण तयार समेत पूरा भई सकेको विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा ‘संघ परराष्ट्र मन्त्रालय तथा नेपाल सरकारको सरोकारवाला निकायसँग गैरआवासीय नेपालीहरुको सरोकारका विषयमा सहकार्य गर्न सदैव तयार रहेको छ। साथै एकता र भाईचाराको भावनलाई मूर्त रुप दिन सधै खुल्ला तथा प्रतिबद्ध छौं। सम्मानित सर्वोच्च अदालतका आदेश सम्मान गर्दै सोही बमोजिम कार्य गर्न संघ तत्पर रहेको ‘उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार