Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलको जेलमा रहेका प्यालेस्टिनी डाक्टरको मृत्यु

इजरायलको जेलमा रहेका प्यालेस्टिनी डाक्टरको मृत्यु

शनिवार, बैशाख २२ २०८१
  • करिब चार महिनादेखि इजरायलको जेलमा रहेका प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ।

    बीबीसीका अनुसार गाजास्थित अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा. अदनान अल-बुर्सको जेलमै मृत्यु भएको हो। उनी ५० वर्षका थिए।  

    images

    इजरायली जेल सेवाले अप्रिल १९ मा विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारण जेलमै एक कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु भएका व्यक्ति डा. अल-बुर्स थिए। इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

    प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसनले विज्ञप्ति जारी गरी डा. अल-बुर्सको स्वाभाविक मृत्यु नभई ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ। अल शिफा अस्पताल त्यही अस्पताल हो, जहाँ पछिल्ला केही महिनामा इजरायली सेनाले धेरैपटक छापा मारेको थियो। 

    इजरायली सेनाले डा अल-बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेका बेला पक्राउ गरेको थियो। गाजामा हमासविरुद्ध इजरायलले गरिरहेको आक्रमणका कारण अहिलेसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार