Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल, लेबनान तनाव : नेपाली शान्ति सैनिक बंकरमै

इजरायल, लेबनान तनाव : नेपाली शान्ति सैनिक बंकरमै

शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं ।  इजरायल र लेबनानबीचको द्वन्द्व तीव्र भएपछि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिकलाई सुरक्षा प्रोटोकल अनुसार बंकरमा सारिएको छ ।इजरायली सेनाले शान्ति सैनिकको क्वाटरनजिकै बमबारी गरेपछि नेपाली सैनिक बंकरमा बस्न बाध्य भएकाहुन् ।

    नेपाली सेनाको उच्च स्रोतका अनुसार, संयुक्त राष्ट्रसंघले ‘सेक्युरिटी लेभल ३’ लागू गरेपछि १० दिनयता नेपाली सैनिकहरू बंकरमा रहेकाछन् । यो प्रोटोकल कति समयसम्म जारी रहने भन्ने बारे कुनै स्पष्ट जानकारी दिइएको छैन ।लेबनानमा हाल ८७७ नेपाली शान्ति सैनिक तैनाथ छन्, जसमध्ये २७ जना हेडक्वार्टरमा कार्यरत छन् ।

    images

    इजरायली डिफेन्स फोर्स (IDF) ले हिजबुल्लाह विद्रोहीहरू विरुद्ध स्थल कारबाही सुरु गरेपछि इजरायल–लेबनान सीमामा तनाव थपिएको हो ।  इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हट्न चेतावनी दिएका छन्, तर राष्ट्रसंघले शान्ति सेनालाई फिर्ता नबोलाउने निर्णयमा रहेकोछ ।

    अघिल्लो हप्ता भएको हवाई आक्रमणमा दुई श्रीलंकाली शान्ति सैनिक घाइते भएका थिए, भने नेपाली सैनिकहरूले फायरिङको प्रभाव आफ्नो इलाकामा पनि परेको बताएका छन् ।नेपाली शान्ति सेनाको निर्देशनालयले सहायक रथी प्रेमबहादुर पुनको नेतृत्वमा इजरायल–लेबनान सीमामा उत्पन्न तनावको निरन्तर अनुगमन गरिरहेको छ ।

    नेपाललाई आफ्नो सैनिकलाई फिर्ता बोलाउने अधिकार भए पनि अहिलेको परिस्थिति त्यस्तो गम्भीर तहमा पुगिनसकेको बताइएको छ ।लेबनानी विपद् जोखिम व्यवस्थापन इकाइको ताजा प्रतिवेदनले इजरायली हवाई हमलाबाट २,५३० जनाको मृत्यु भएको र ११,८०३ जना घाइते भएको जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार