Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रास्वपाका नारा, ओइ सरकार ओ,इ ८७ अर्ब र यती–ओम्नी खोइ ?

रास्वपाका नारा, ओइ सरकार ओ,इ ८७ अर्ब र यती–ओम्नी खोइ ?

शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।  पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरा पछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरु प्लेकार्ड सहित उपस्थित भएकाथिए । उनीहरुले भ्रष्टाचार विरोधी नाराबाजी गरेकाछन् । 

    प्रदर्शनकारीहरूले  ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरीबन्धु खोइ ? राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए । 

    images

    रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजार सम्म पुगेर प्रदर्शन गरेकाथिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार