Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजाका होटलहरुमा छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजाका होटलहरुमा छुट

बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटेल एन्ड स्विट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

    सम्झौता अनुसार बैंकका ग्राहकलाई काठमाडौंको ठमेलस्थित रमादा इन्कोरमा १५% र पोखराको लेकसाइडस्थित दलिया बुटिक होटेलमा १०% छुट दिइनेछ ।

    images

    यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दैआएको छ।

    बैंकले यसअघि पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकले आफ्ना ग्राहकलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

    यस विकास बैंक नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

    यस्ता जीवन रक्षा गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थान कायम गर्दै सकारात्मक परिवर्तनको बीजारोपण गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार