काठमाडौं । २१९ जना ठग्ने नियोनी एजुकेसनका राजन र ईश्वरी प्रहरी फन्दामा परेका छन् । अध्ययन तथा कामका लागि जापान पठाइदिन्छु भन्दै २१९ जनाबाट २ करोड ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका दुई जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।
पक्राउ परेका राजन श्रेष्ठले आफूलाई ‘नारायणबहादुर राई’ र ईश्वरी पाण्डेले पर्वराज पाण्डे भनेर चिनाउँथे । नियोनी एजुकेसन प्रा.लि. खोलेर विज्ञापन गरी उनीहरुले जापान पठाइदिने कन्सल्ट्यान्सी भनेर ठगी धन्दा चलाएका हुन् । अहिलेसम्म उनीहरुले २१३ जनाबाट प्रतिव्यक्ति ४ देखि ७ लाख रुपैयाँसम्म उठाएर २ करोड ६८ लाख ठगी गरेका हुन् । उनीहरुविरुद्ध दिप बहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रुपैयाँ लिएको, सुनिल कुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रुपैयाँ लिएको तथा वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको प्रवक्ता रेग्मीले बताए ।



