Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अदालतमा रवि र छवि म्याद थप सम्बन्धी बहस सुरु, बाहिर रास्वपाको प्रदर्शन

अदालतमा रवि र छवि म्याद थप सम्बन्धी बहस सुरु, बाहिर रास्वपाको प्रदर्शन

बिहिवार, कार्तिक ८ २०८१
  • पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरु भएको हो ।

    images

    म्याद थप भइरहँदा सहिद चोक, वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् भने ति स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । 

    आइतबार अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको समय दिएको थियो । उक्त समय आजबाट सकिएपछि पुन म्याद थपका लागि अदालत लगिएको हो ।

    लामिछानेलाई गत शुक्रबार काठमाडौं स्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरि पोखरा ल्याइएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार