Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रथम त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकको नाफा २३.१७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

प्रथम त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकको नाफा २३.१७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २३.१७ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    images

    चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर ३ अर्ब १८ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब १७ करोड ९ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४० करोड ४४ लाख रुपैयाँ थियो।

    बैंकको सञ्चालन मुनाफा १७.७५ प्रतिशतले बढेर ४० करोड ३२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३४ करोड २४ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर १ अर्ब ११ करोड ७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा बैंकले १ खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

    समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.१६ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल १.४९ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.९९ रुपैयाँ थियो। पीई रेसियो २६.०१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४.१० रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार