Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिद्धार्थ बैंकको खुद नाफा ७९१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचकहरू

सिद्धार्थ बैंकको खुद नाफा ७९१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचकहरू

बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ ।

    images

    असोज मसान्तसम्मको अवधिमा बैंकले खुद नाफा ७९१.४३ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    समीक्षा अवधिमा सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर दुई अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको साही अवधिमा बैंकको यस्तो आम्दानी एक अर्ब ९६ करोड ९८ लाख थियो ।

    यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज एक अर्ब ४३ करोडबाट घटेर एक अर्ब ५० लाख कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार आएको विवरणले देखाएको छ । यता, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ । यसको वितरणयोग्य नाफा २६ करोड ४३ लाख रहेको छ ।

    १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थको जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ जम्मा रहेको छ । यसले बैंकलाई दिगो र सबल देखाउँछ ।

    सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार