Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गरिमा विकास बैंकले तीन महिनामा कमायो २२ करोड ५७ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

गरिमा विकास बैंकले तीन महिनामा कमायो २२ करोड ५७ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा २२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १२ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले २० करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा १५ रुपैयाँ ९० पैसा कायम भएको छ । चालू आवमा बैंकको मूल्य आम्दानी अनुपात २९ दशलमव ५६ गुणा र प्रतिशेयर नेटवर्थ १६२ दशमलव ०७ रुपैयाँ रहेको छ । 

    चुक्ता पूँजी ५ अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा जगेडामा २ अर्ब ८४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ६८ करोड ४४ लाख रुपैयाँ सञ्चिति गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार