Oct 29 2026 | २०८३ कार्तिक १३ गते

दुई महिनामै विदेश घुम्न जानेले लगे साढे ४३ अर्ब

दुई महिनामै विदेश घुम्न जानेले लगे साढे ४३ अर्ब

बुधवार, आश्विन ३० २०८१
  • काठमाडौं । विदेश घुम्न जानेहरूले मात्रै दुई महिनामा साढे ४३ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भ्रमणबापत नेपालीले ३५ अर्ब ५९ करोड रुपैयाँ विदेश लगेका थिए । यो तुलनामा अहिलेको व्यय २२.२ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर ७६.५ प्रतिशत रहेकोमा यो वर्ष यस्तो दर भने घटेको छ ।

    images

    नेपाल राष्ट्र बैंकले आयात निर्यात, विप्रेषण, भ्रमणको आय र व्यय, प्रत्यक्ष वैदेशिक लगानी र अन्य ट्रान्सफर समेतलाई आधार मानेर शोधनान्तर स्थितिको अवस्था देखाउने काम गर्छ । चालु आवको दुई महिनामा शोधनान्तर अवस्था १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५५ अर्ब १० करोडले बचतमा रहेको थियो ।

    यो अवधिमा चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार