Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मधेसी एकता समाज यूएईद्धारा दुबईमा दसैँ कार्यक्रम सम्पन्न

मधेसी एकता समाज यूएईद्धारा दुबईमा दसैँ कार्यक्रम सम्पन्न

मंगलवार, आश्विन २९ २०८१
  • यूएई । मधेसी एकता समाजले दुबईको जाबेल पार्कमा विजयादशमी, दीपावली र छठको पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    दुबईमा बसोबास गर्ने मधेसीहरूको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न मधेसी एकता समाजका अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र यादवले बताए ।

    images

    madheshi-samaj_3J3VkdS9tC.jpg

    कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका पूर्व प्रमुख डा।राजेश अहिराजले मधेसी एकता समाजले समुदायलाई एकत्रित गर्न गरेको प्रयासको प्रशंसा गरे ।

    अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र यादवले मधेसी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने आफ्नो संगठन दृढ रहेको बताए । मधेसी समुदायको सेवा गर्नका लागि संगठनको प्रभाव र पहुँचलाई बढाउने उनले प्रतिबद्धता जनाए ।

    समाजका महासचिव रोशन माक्सिस्टले समाजको उद्देश्य र मधेसी समुदाय बिचको एकताको सांस्कृतिक धरोहरको संरक्षणमा समाजको योगदानलाई उल्लेख गरे ।

    madisi 2.jpeg

    कार्यक्रममा नेपाली राजदूतावास अबुधाबी का तृतीय सचिव द्वय बिमलेश कुमार मिश्र, जनकपुर प्रादेशिक अस्पतालका डा।कृष्ण यादव, विकास भट्टराई, अनुवादक रजी अहमद,  मधेसी एकता समाजका विशिष्ट सल्लाहकार अनिल साहलगायत  कार्यसमिति सदस्यहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा मधेशी एकता समाजका संस्थापक सदस्य अनिल साहलाई विदाइ समेत गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार