Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जी टू जी सहयोग

भारत सरकारद्वारा नेपाललाई १० बेलिब्रिज प्रदान

भारत सरकारद्वारा नेपाललाई १० बेलिब्रिज प्रदान

बिहिवार, आश्विन २४ २०८१
  • काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ ।

    बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले जनाएको छ ।

    images

    वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई पुलका सामानहरू हस्तान्तरण गरेकी हुन् ।

    भारतले बाढीपहिरोबाट प्रभावित परिवारलाई अत्यावश्यक सरसफाई सामग्री, औषधि, खाद्यवस्तु लगायत २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार