Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चडपर्व मनाउन फर्किँदै

रोजगारीका लागि कालापार गएका २ लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए

रोजगारीका लागि कालापार गएका २ लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए

बिहिवार, आश्विन २४ २०८१
  • बाँके । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दशैँ मनाउन नेपालगन्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । 

    भारतमा रहेका नेपाली दशैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनमा दुई लाख ३५ हजार ५५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए ।  

    images

    “भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ, अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी छ”, बुढाथोकीले भने, “सोह्रश्राद सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेको संख्या बढेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।”

    अहिले भारततर्फ जाने नेपालीको संख्या कम छ । पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार २८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् ।

    दशैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

    आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ ।

    पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । –रासस

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार