काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ओर्लिएको कुवेत एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका छन् ।
कुवेत एयलाइन्सको उडान नम्बर केयू ३९१ विमान आज बिहान साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । तर यात्रुहरुले आफ्ना लगेज पाएनन् ।
सोही विमान चढेर काठमाडौं आएका एक यात्रुले दशैं मनाउन आउँदा लगेज नै छुटेपछि खल्लो लागेको बताए ।
यात्रुहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कुवेत एयरलाइन्सको कार्यालयमा लगेज दाबी गर्दै निवेदनसमेत दिएका छन् । त्यस्तो निवेदनलाई ‘प्रपर्टि इरेगुलारिटी रिपोर्ट –पीआईआर’ भनिन्छ ।



