माल्टाका राष्ट्रपति मरियम स्पिटेरी डेबोनो र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीबीच भेटवार्ता भएको छ ।
एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग भेटवार्ता गर्दै विविध विषयमा छलफल गरेको हो ।
भेटवार्ता नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण रहेको अध्यक्ष खनालले बताए ।
सो अवसरमा माल्टाका राष्ट्रपतिले नेपाली समुदायको योगदानको सराहना गरेको खनालले बताए । यस्तै उनले भविष्यमा अझ सशक्त सहकार्यको अपेक्षा गरिन् ।



