Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

दोहोरो नागरिकताको मारमा गैरआवासीय नेपाली

दोहोरो नागरिकताको मारमा गैरआवासीय नेपाली

बुधवार, आश्विन २३ २०८१
  • काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढीपहिरोपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार हस्तान्तरण गरिएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको हो । 

    images

    अध्यक्ष केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए ।

    उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गरे । दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताए । 

    प्रधानमन्त्री ओलीले संघलाई राजनीतिक आधारमा नभइ सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार