काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री दैवीप्रकोप राहतकोषमा ५१ लाख हयोग गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघका अध्यक्ष बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो ।
अध्यक्ष केसीले हालैको बाढी, पहिरो र डुुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए ।



