Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उपप्रधानमन्त्री सिंह इजिप्ट र युवामन्त्री चौधरीको रसिया भ्रमण स्वीकृत

उपप्रधानमन्त्री सिंह इजिप्ट र युवामन्त्री चौधरीको रसिया भ्रमण स्वीकृत

मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्ट र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रसियामा आयोजना हुने छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन जाने भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीद्वयको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    images

    मन्त्रिपरिषद् बैठकले २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने वर्ल्ड अरबान फोरम सम्मेलनमा सहभागी हुनका लागि उपप्रधानमन्त्री सिंहलाई पठाउने निर्णय गरेको छ ।

    २०८१ कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने २२औं इन्टरनेसनल स्पोर्टस् फोरममा सहभागी हुन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

    सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेका थप हिमालहरूको आरोहणका लागि अनुमति दिने निर्णय बैठकले गरेको छ ।

    सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको छ । प्रवक्ता गुरुङले मुलुकको समग्र अर्थतन्त्रको सुधारका लागि राय दिने कार्यादेशसहित आयोग गठन गर्ने निर्णय गरिएको बताए ।

    मन्त्रिपरिषद् बैठकले शेयर तथा ऋण लगानी नीति २०८१ समेत स्वीकृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार