Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आरोही

सम्पर्कविहीन ५ रूसी नागरिक मृत फेला, धौलागिरी हिमालको ७ हजार ६०० मिटरको उचाइमा भेटिए शव

सम्पर्कविहीन ५ रूसी नागरिक मृत फेला, धौलागिरी हिमालको ७ हजार ६०० मिटरको उचाइमा भेटिए शव

मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ ।

    पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो ।

    images

    १४ जना रूसी नागरिकको समूह  धौलागिरी हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । उनीहरू आइएएम ट्रेकिङ एजेन्सीमार्फत आरोहणका लागि गएका थिए । 

    आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका उनीहरुको उद्धार गर्न हेलिकप्टर पठाउन खोजिएको भएपनि मौसम खराब भएका कारण मंगलबार बिहानै मात्र हेलिकप्टर त्यसतर्फ गएको थियो ।

    बेस क्याममा दुई जना र क्याम्प वानमा सकुशल भेटिएकाएक जनाको उद्धार गरेर उपचार भइरहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार