Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

१५९ संघीय सांसदले लिए कूटनीतिक राहदानी

१५९ संघीय सांसदले लिए कूटनीतिक राहदानी

मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । संघीय सांसदका १५९ जना सदस्यले कूटनीतिक राहदानी लिएका छन् ।

    संघीय संसद सचिवालयको विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधि सभाका १५९ जनाले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका हुन् ।

    images

    २०७९ साल मंसिर ४ गते चुनावबाट निर्वाचित भएर आएका प्रतिनिधि सभा सदस्यहरूले २०७९ साल पुष ७ गतेदेखि कूटनीतिक राहदानीको सिफारिस पाउन थालेका थिए ।

    संसद सचिवालयले त्रैमासिक संसद दर्पण प्रकाशन गर्ने गर्दछ । पछिल्लो दर्पणमा उल्लेख भएको विवरण अनुसार पछिल्लो त्रैमासिकमा ११ जना प्रतिनिधि सभा सदस्यले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका थिए । यो सँगै कूटनीतिक राहदानीका लागि सिफारिस लिनेको सांसदको संख्या १५९ पुगेको हो ।

    राष्ट्रिय सभा सदस्यहरूको विवरण भने २०७४ साल फागुन देखिकै एकीकृत रुपमा राख्ने गरिएको छ । हालसम्म ८७ जना राष्ट्रिय सभा सदस्य (कार्यकाल सकिएकाहरूले विगतमा लिएको समेत समावेश)ले कूटनीतिक राहदानी लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार