Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

हिमाली पदयात्रामा निस्केका पोल्यान्डका नागरिकको मृत्यु

हिमाली पदयात्रामा निस्केका पोल्यान्डका नागरिकको मृत्यु

मंगलवार, आश्विन २२ २०८१
  • रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको गए राति मृत्यु भएको छ ।

    सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डको राहदानी नम्बर ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख केशव भट्टराईले जानकारी दिए ।

    images

    नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा उनको शव गोसाइँकुण्ड ल्याई मंगलबार बिहान हेलिकप्टोरमार्फत काठमाडौं पठाइएको छ ।

    रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौं ल्याइएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए ।

    थप अनुसन्धानका निम्ति स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रमुख भट्टराईले लेक लागेर वा अरू कारणले मृत्यु भएको भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताए । रासस

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार