Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा. उपाध्यालाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र

विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा. उपाध्यालाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र

मंगलवार, आश्विन २२ २०८१
  • नयाँदिल्ली । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौँ मानार्थ विद्यावारिधि उपाधिको प्रमाणपत्र अर्पण गरिएको छ । 

    भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।

    images

    डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

    सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    डा. उपाध्यायले सन् २०० मा विधावारिधि गरिसकेका छन् । उपाध्यायलाई अमेरिकालगायत अन्य विश्वविद्यालयले यसअघि ६ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् । 

    उनले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक छन् । 

    दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार