Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कात्तिक २४ गतेदेखि फ्लाई दुबईले भैरहवामा दैनिक उडान गर्ने

कात्तिक २४ गतेदेखि फ्लाई दुबईले भैरहवामा दैनिक उडान गर्ने

मंगलवार, आश्विन २२ २०८१
  • फ्लाई दुबईले २४ कात्तिकदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्न अनुमति माग्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा प्रस्ताव पेस गरेको छ । मंगलबार नै फ्लाई दुबईलाई भैरहवामा उडान अनुमति दिने क्यानको तयारी छ । 

    फ्लाई दुबईले सातामा सातै दिन भैरहवा उडान गर्न अनुमति मागेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार प्रस्तावित उडान तालिकामा दुबईबाट उडेको जहाज दिउँसो पौने दुई बजे भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने तीन बजे काठमाडौंका लागि उड्ने र काठमाडौंबाट साढे चार बजे दुबई फर्कने तालिका रहेको सहप्रवक्ता भुलले बताए । 

    images

    यसअनुसार भैरहवाबाट दुबई जाने यात्रुहरूले काठमाडौंमा करिब एक घण्टा ट्रान्जिट बस्नुपर्ने भएको छ । ‘फ्लाई दुबईले सुरुमा बजार हेर्ने र त्यसपछि विस्तृत योजना बनाउँछौँ भनेको छ । यात्रु पाउन थालेपछि दुबई–भैरहवा–दुबई नै उडान गर्ने उसको योजना छ,’ उनले भने । 

    अहिले फ्लाई दुबईले दुबई–काठमाडौं–दुबई दैनिक चारवटा उडान गर्दै आइरहेको छ । तर, २३ कात्तिकदेखि क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर ट्याक्सी वे, एप्रोनलगायत विस्तारको काम गर्ने भएकाले फ्लाई दुबईको दैनिक दुई उडान कटौती भएका छन् । ‘फ्लाई दुबईले त्रिभुवन विमानस्थलमा चारमध्ये दुईवटा मात्र सीधा उडानको विन्टर सेड्युल पाएको छ,’ भुलले भने, ‘एउटा उडान भैरहवा हुँदै घुमाएर आउने भएपछि तीनवटा हुनेछन् ।’

    योसँगै विन्टर सिजनदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या तीन पुग्ने भएको छ । अहिले नेपाल वायुसेवा निगम (नेवानि)ले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं सातामा एउटा उडान गर्दै आएको छ । कुवेतको जजिरा एयरवेजले पनि १२ कात्तिकदेखि कुवेत–भैरहवा–कुवेत पुनः नियमित उडान सुरु गर्दै छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार