Oct 28 2026 | २०८३ कार्तिक १२ गते

७ हजारमा काठमाडौं- भैरहवा उडान गर्दै नेपाल वायुसेवा निगमको ठूलो जहाज

७ हजारमा काठमाडौं- भैरहवा उडान गर्दै नेपाल वायुसेवा निगमको ठूलो जहाज

सोमवार, आश्विन २१ २०८१
  • काठमाडौं  । नेपाल वायुसेवा निगमको ए३२० जहाजले भैरहवाका लागि उडान गर्ने भएको छ। बाढी पहिरोले काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई प्रभावित बनाएपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो।

    निगमका प्रवक्ता रमेश पौडेलले फूलपातीका दिन उक्त जहाजले भैरहवा उडानका लागि अनुमति पाएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको निर्देशनपछि निगमले आन्तरिक उडाउन गर्न तयार भएको हो।

    images

    प्रवक्ता पौडेलेका अनुसार उक्त जहाजले फूलपातीका दिन बिहीबार विहान ११ बजे भैरहवा उडान गर्नेछ। सोही दिन १२: ३० बजे भैरहवाबाट काठमाडौं उडान गर्ने निगमले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार