Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

शुक्रवार, आश्विन १८ २०८१
  • दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले ‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना  सार्वजनिक गरेको छ।

    असोज १७ देखि कात्तिक २२ सम्म लागू हुने  योजनामा  सेवाग्राहीले आईएमई पेमार्फत गर्ने  कारोबारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरु जित्न सक्नेछन्।

    images

    मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा  आइफोन १६, फ्रिज, वासिङ मेसिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरु रहेको छ। साथै सेवाग्राहीहरुले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरु जित्ने डबल मौका पनि पाउनेछन्।

    डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरूमाझ अझ बढावा दिन योजनालाई थप परिष्कृत गर्दै आइएमई पेमार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ।

    पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ। दैनिक तथा साप्ताहिक पुरस्कारबाहेकको सम्पूर्ण विजेताहरुले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछन्।

    पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतस् आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्नेछ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार