Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेशमा हुँदा महिलाको गोप्य फोटो पठाएर चरित्र हत्या गर्ने युवक विमानस्थलबाट पक्राउ

विदेशमा हुँदा महिलाको गोप्य फोटो पठाएर चरित्र हत्या गर्ने युवक विमानस्थलबाट पक्राउ

शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जालमा जोडिएर गोप्य तस्बिरहरू साटासाट भएकोमा पछि ती नै महिलाको चरित्र हत्या गर्ने गरी तस्बिरहरूको प्रसार गर्ने एक युवक पक्राउ परेका छन् । 

    वैदेशिक रोजगारीबाट नेपाल फर्किदै गरेका सुर्खेतको गुर्भाकोट नगरपालिका-५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई नेपाल प्रहरीको साइबर ब्युरोले विमानस्थलबाट बुधबार पक्राउ गरेको हो ।

    images

    साइबर ब्युरोका प्रवक्ता एवम् एसपी दिपकराज अवस्थीका अनुसार ऐरीले ती महिलासँग सामाजिक सञ्जालमा साथी बनेर कुराकानीका क्रममा म्यासेञ्जरमार्फत गोप्य तस्बिर साटासाट गरेको र पछि फेक आईडी बनाएर उक्त आईडीमार्फत आफन्त तथा साथीभाइलाई गोप्य तस्बिरहरू पठाएर चरित्र हत्या गरेको उजुरी परेको थियो ।

    ती महिलाले ऐरीविरुद्ध २०७९ बैशाख २३ गते उजुरी दिएकी थिइन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत् रेड नोटिससमेत जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार