Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर पश्चात् नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुला

ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर पश्चात् नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुला

बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं । नेपालको बिजुली बंगलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

    images

    ऊर्जामन्त्री दीपक खड्का र बंगलादेशी उर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थिति थियो । सम्झौता अनुसार प्रारम्भिक चरणमा बंगलादेशले ४० मेगावाट बिजुली आपूर्ति गर्नेछ ।

    यसको आपूर्ति प्रणाली व्यवस्थापनमा भारतीय पक्षले आवश्यक सहयोग गर्नेछ । आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ । 

    यो सम्झौताबाट नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर बराबरको वार्षिक आम्दानी गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार