Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपालीसहित ६ आप्रवासी ग्वाटेमाला सिमानामा मारिए, १२ जना घाइते

नेपालीसहित ६ आप्रवासी ग्वाटेमाला सिमानामा मारिए, १२ जना घाइते

बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं । नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकबाट मारिएका छन् ।

    ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । उनीहरू अमेरिका जानका लागि ट्रकमा चढेको हुन सक्ने समाचारहरूमा उल्लेख छ ।

    images

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ ।

    मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने ।

    आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् ।

    ती आप्रवासीमाथि छानबिन चलिरहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अखबार हिन्दुस्तान टाइम्सले समाचार छापेको हो । निहत्थामाथि गोली चलाएको पाइएमा सैनिकमाथि समेत कारबाही हुने बताइएको छ ।

    आप्रवासी अधिकारका पैरवीकर्ताले भने सन् २०२१ मा पनि यस्तै अनधिकृत हमलाबाट निहत्था मान्छे मरेको भन्दै सेनाबाट फेरि पनि भयानक गल्ती भएको हुन सक्ने आशंका गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार