Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मउ वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    सम्झौता अनुसार वार्षिक ७।७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी ९रातो प्लेट० को नामी र सेरिज विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपियाँसम्म कर्जा लगानी गर्नेछ ।

    images

    बैंकले दिएको जानकारी अनुसार, कर्जा रकमको ०।७५ प्रतिशत सेवा शुल्क लाग्नेछ । गाडीको कोटेशनमा अङ्कित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ भने बढीमा सात वर्षसम्म कर्जा अवधि दिइनेछ ।

    यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुनेछ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन् ।

    यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित रहेको कल सेन्टर अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ ।

    बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार