Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा परराष्ट्र मन्त्री राणाले गरिन् हस्ताक्षर

नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा परराष्ट्र मन्त्री राणाले गरिन् हस्ताक्षर

मंगलवार, आश्विन १५ २०८१
  • नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। गएराती अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा) मा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    John-Bass-and-arju-rana-usa_SPP1g5Daq3.jpg

    परराष्ट्र मन्त्रालय स्रोतका अनु्सार सम्झौतामा नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टन डिसीमा परामर्श र छलफल गरिने उल्लेख छ । 

    images

    भेटमा परराष्ट्र मन्त्री राणा र बासबीच, नेपाल र अमेरिकाबीचको द्वीपक्षीय र पारस्परिक सहयोगको विषयमा समेत छलफल भएको थियो। बीसीएम सम्झौताले व्यापार, लगानी, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा हुने सहयोगलाई सहज बनाउने परराष्ट्र मन्त्री राणाले जानकारी दिइन्। उनले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अर्थपूर्ण र पारस्परिक रूपमा लाभदायक सहकार्यको जग बलियो बनाउने दाबी गरिन्।

    स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित थिए।

    यसैबीच परराष्ट्रमन्त्री राणा एसियाली सहकार्य संवादको समिटमा भाग लिन गएराति नै वाशिङ्टनबाट दोहा प्रस्थान गरेकी छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार