एजेन्ट तथा सव—एजेन्टहरू
को हुन एजेन्ट र सव एजेन्टहरू :
इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीको नाममा म्यानपावर ब्यवसाय गर्नेलाई एजेन्ट भन्ने गरिएको छ । अहिले नेपालमा काठमाडौ उपत्यकामा मात्र होइन जिल्ला र गाउँंहरूमा समेत एजेन्ट हुँं भन्दै म्यानपावरको काम गर्नेहरू छ्याप छ्याप्ती पाइन्छन । तर प्रायः ती सबै अबैध एजेन्ट हुन । यी र यस्तै एजेन्टहरूबाट नै नेपाली कामदारहरू अत्यधिक मात्रामा ठगिएका पाइएका छन । यसैले े कामदारहरू एजेन्टहरूबाट सावधान रहनुपर्ने देखिएको छ ।
बैदेशिक रोजगार ऐन तथा नियमावलीमा एजेन्ट र सव एजेन्टहरूका बारेमा के ब्यवस्था गरिएको छ ?
बैदेशिक रोजगार ऐन मुताविक बैदेशिक रोजगार बिभागबाट स्वीकृति लिई बिभागमा धरौटी बुझाई इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीको एजेन्टका रूपमा दर्ता भएकालाई मात्र एजेन्ट मानिन्छ । सब एजेन्टहरूको भने ऐनमा कुनै पहिचान र ब्यवस्था नै भएको छैन बरू म्यानपावर कम्पनीहरूले बिदेशमा समेत बिधिवत एजेन्टहरू नियुक्त गर्नसक्ने प्रावधान छ । तर हाल स्वदेश र बिदेशमा गरी हजारौ एजेन्टहरू कृयाशिल रहेकोमा बिभागमा भने अति थोरै मात्र दर्ता भएको देखिन्छ । बिभागमा दर्ता हुन रू. २ लाख धरौटी राखी बिभागको स्वीकृती लिनुपर्नेहुन्छ र त्यस्ता कुनै पनि एजेन्टले एक भन्दा बढी म्यानपावर कम्पनीहरूका लागि कामगर्न कानुनतः पाउंदैनन् । तर अबैध एजेन्टहरूको स्वदेशमा र बिदेशमै पनि बिगबिगी छ । बिदेशमा एउटा एजेन्टले कमिशनका लागि एक साथ ५÷७ वटा सम्म कम्पनीहरूका लागि काम गरिरहेका पाइएका छन । एजेन्ट सव एजेन्टका सम्बन्धमा ऐन बिपरीतका गतिबिधिहरूका कारण नै यो ब्यवसाय बिकृत, समस्याग्रस्त र अमर्यादित बन्दैछ ।
कामदारहरूलाई तिनीहरूले पुर्याउने सेवा सुविधाहरू के के हुन ?
त्यसो त यी एजेन्टहरूले नै कामदारहरूलाई बैदेशिक रोजगारका बारेमा शूरूदेखि अन्तसम्मका सबै सत्य तथ्य जानकारीहरू दिनुपर्ने हो । कतिले धेरथोर कुरा बताउँछन पनि । धेरैको प्रस्तुति र भूमिका कामदारहरूलाई फकाउने र बैदेशिक रोजगारतर्फ एकोहोरो आकषित गर्ने नै हुन्छ । यसैले प्रायर्ः रोजगारमा निहित सम्भावित समस्या र अपनाउनुपर्ने सावधानीबारे कमै बताउँछन । बरू तलब, सुविधा र भए नभएका अबसरहरूलाई नै बढाई चढाई बताउने भएकाले खासगरी तलब, ओभरटाइम, खाना तथा आवास सुविधा, बोनस, टिप्स जस्ता बिषयमा यी एजेन्टहरूले बताउने र रोजगारमा पाउने बास्तविक सुविधामा ठूलो अन्तर रहने गर्दछ । कामदारहरूको राहदानी बनाइदिने देखि लिएर स्वास्थ्य परीक्षण, तालिम र अन्तरवार्तामा समेत कामदारहरूलाई सघाइरहेका हुन्छन । तर यी हरेक सेवाहरू बापत कामदारहरूबाट चर्को शुल्कपनि असुलेकै हुन्छन ।
कामदारहरूबाट उनीहरूले के कति रकम लिने गरेका छन, कतिसम्म दिनु लिनु उचित हो ? एजेन्टहरूले प्रत्येक कामदारहरूबाट रू.१० देखि ३० हजारसम्म असुलेको पाइन्छ । तर कुनै पनि कामदारहरूले यो रकम भुक्तानीको रसिद भने पाएका हुंदैनन । कानुनतः यी अबैध एजेन्टहरूलाई कामदारहरूले कुनै पनि रकम दिनुहुंदैन, जे जति दिनुपर्छ, त्यो इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई नै दिनुपर्दछ । तिरेको सबै रकमको रसिद भर्पाई पनि लिनै पर्दछ । सरकारले प्रायः सबै मुलुककालागि लाग्ने अधिकतम खर्च तोकेको हुन्छ सो भन्दा बढी रकम कसैले मागे सिधै बिभागमा गई उजूरी दिन सकिन्छ । कम्पनीले बिज्ञापन निकाल्दा पनि लाग्ने खर्च उल्लेख गरेका हुन्छन । यसैले एजेन्टलाई उनीहरूले मागेजति शूल्क दिनुहुँंदैन । वास्तबिक सेवा र खर्च हेरी उचित रकम मात्र दिनुपर्छ र रसिद अनिवार्य लिनुपर्दछ । यसले पछि ठगिएमा उजुरी गरी क्षतिर्पुिर्त लिन सजिलो हुन्छ ।
के कामदारहरूका लागि एजेन्ट र सब एजेन्ट नभई हुंदैन?
सिधै म्यान पावर कम्पनीहरूमा सम्पर्क राख्दा के पाउछन, के पाउदैनन या गूमाउंछन ? कामदारहरू सिधै सम्बन्धित म्यानपावर कम्पनीहरूमा गई रोजगारको प्रकृयामा आंफै सहभागी हुनसक्दछन । यसो गर्नु नै उनीहरूका लागि किफायती र सुरक्षित पनि हुन्छ । एजेन्ट र सब एजेन्टको चक्करमा फस्नु भनेको रोजगारमा जाने खर्च बढाउनु हो । बरू कुनै कम्पनीले जिल्लामै शाखा खोलेको छ भने आफूलाई पायक पर्ने ती शाखाहरूमा पनि जान सकिन्छ तर एजेन्टहरू जस्तै आजकाल कतिपय म्यानपावर कम्पनीहरूका शाखाहरू पनि अबैध रहेको पाइएको छ । यसर्थ आफू जान लागेको कम्पनी र त्यसको शाखा तथा संलग्न एजेन्टहरू नै बैध हुन या होइनन भनि बिभागमा बूझेर या उपलब्ध सूचना सामग्रीहरू पढेर यकिन गर्नुपर्दछ । सूरक्षित रोजगारका लागि सर्बथा बैध बाटो अपनाउनुपर्दछ । गल्ती गरिसकेपछि पछूताएर केही पाइदैन ।
एजेन्ट, सव एजेन्टहरूको कामदारहरूप्रतिको जिम्मेवारी, कर्तब्य र जबाफदेहिता के कस्तो रहने गरेको छ?
कामदार बिदेश उडनु अघि सबै एजेन्टहरूले कामदारहरूको राम्रै ख्याल हेरबिचार गरेका हुन्छन । तर त्यो सबै मात्र कमिशनका लागि हुने भएकाले बिदेश उडेपछि उनीहरूका जिम्मेवारी, कर्तब्य र े जबाफदेहिता सकिएको महशूस गर्दछन, यसैले समस्यामा पर्ने कतिपय कामदारहरूले यी एजेन्टहरूबाट कुनै सेवा, सहयोग या क्षतिपुर्र्ती पाउंदैनन, परन्तु इजाजतप्राप्त म्यानपावर कम्पनी लाई देखाइदिन्छन अनि कम्पनीले भने आफूले पठाएका कतिपय कामदारहरूलाई चिन्दै चिन्दैनन । यसरी समस्यामा पर्दा म्यानपावर कम्पनी र यी एजेन्टहरूले बिरलै सहयोग गर्छन । यो वा त्यो बहानामा जिम्मेवारीबाट पन्छिने प्रयासमै हुन्छन कम्पनी तथा तिनका स्वघोषित एजेन्टहरू ।
एजेन्ट र सब एजेन्टहरू कुन आधिकारिक हुन, कुन होइनन, कामदारहरूले कसरी चिन्ने सक्कली, नक्कली कसरी छूट्याउने ?
बिभागमा दर्ता भएका सबै एजेन्टहरूको बिभागको वेभसाइटमा नाम हुन्छ बिभागले तोके बमोजिमको परिचय पत्र पनि हुन्छ । जो हरेक बर्ष नविकरण गर्नुपन प्रावधान छ । कामदारहरूर्ले े यही परिचयपत्र हेर्ने र कुनैपनि शंका लागे बिभागमा चेक गरी बैध एजेन्ट भए नभएको पुष्टी गर्नसक्दछन । त्यसरी पुष्टी हुननसक्ने सबै एजेन्टहरू नक्कली हुन अर्थात अबैध हुन, त्यस्तासंग कुनै पनि कारोबार, खासगरी आर्थिक कारोबार गर्नै हुंँदैन ।
म्यानपावर ब्यवसायमा एजेन्ट र सव एजेन्टहरूले पुर्याएको योगदान तथा भित्राएको समस्या र बिकृति
म्यानपावर ब्यवसायमा हाल संलग्न हजारौं एजेन्टहरूले यदि निश्वार्थ र सेवामुखी भावनाले कामदारहरूलाई सही सन्देश, जानकारी र अभिमुखिकरण तालीम दिने हो भने यो व्यवसायमा प्रशस्त सुधारको गुञ्जायस छ । तर एजेन्टहरूको सेवा अति कम र स्वार्थ अत्यधिक रहँदा बैदेशिक रोजगार नै कामदारहरूका लागि निकै खर्चिलो र बोझिलो बन्दै आएको छ र ब्यवसाय नै बिकृत र अब्यवस्थित बनेको छ । बैदेशिक रोजगार बिभागबाट स्वीकृति प्राप्त सबै एजेन्ट हरूको नामावली बिभागकै वेभ साइट www.mofe.gov.np मा हेर्न सकिन्छ ।
(क्रमशः) वैदेशिक रोजगार सूचना केन्द्र परियोजना



