Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ? (सूचीसहित)

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ? (सूचीसहित)

सोमवार, आश्विन १४ २०८१
  • काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । 

    विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए ।

    images

    समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११: ३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

    यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११:३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११:२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिए ।

    1.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार