Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल र पाकिस्तानका प्रधानमन्त्रीहरुबीच न्यूयोर्कमा भेटवार्ता

नेपाल र पाकिस्तानका प्रधानमन्त्रीहरुबीच न्यूयोर्कमा भेटवार्ता

शुक्रवार, आश्विन ११ २०८१
  • न्यूयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफबीच न्यूयोर्कमा भेटवार्ता भएको छ । 

    संयुक्त राष्ट्रसंघको ७९ औं महासभाको दौरान उनीहरुबीच साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो । उक्त अवसरमा द्विपक्षीय र बहुपक्षीय रुपमा सहकार्यलाई बढाउने बारेमा कुराकानी भएको छ ।

    images

    न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार दुई प्रधानमन्त्रीहरुबीचमा व्यापार, लगानी, पर्यटन र सांस्कृतिक पक्षमा सहर्का बढाउने विषयमा पनि छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार