Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउनमा मात्रै भित्रियो १ खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

साउनमा मात्रै भित्रियो १ खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

    images

    अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ८७ करोड ९८ लाख रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार