Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका-७ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् । 

    images

    पक्राउ मध्ये राजनले १ जना पीडितबाट ३ लाख रूपैयाँ र जय नारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौं नागर्जुन नगरपालिका-२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो । 

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार