Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए विवाद

एनआरएनए अधिकारिकता विवाद सर्वोच्चमा : शर्माको रिट न्यायाधीश ढकालको इजलासमा

एनआरएनए अधिकारिकता विवाद सर्वोच्चमा : शर्माको रिट न्यायाधीश ढकालको इजलासमा

आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादसम्बन्धी रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ ।

    गैरआवासीय नेपाली संघको आधिकारिक पक्ष आफू भएको दाबी गर्दै राजेन्द्रकुमार (आरके) शर्मा पक्षले दायर गरेको रिट ढकालको इजलासको चौथो नम्बरमा परेको छ ।

    images

    शर्मा पक्षले आफू आधिकारिक भएको भन्दै यही भदौ २६ गते रिट दर्ता गराएको थियो । उक्त रिटको पेसी यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएकामा ‘हेर्न नमिल्ने’ भएर स्थगित भएको थियो ।

    एनआरएनएको विवादमा सर्वोच्चले यसअघि दुई फैसला गरिसकेको छ । एउटा फैसलामा दुई कार्यकालअघिको कार्यसमितिमार्फत पूर्वअध्यक्षहरूको समितिबाट अर्को निर्वाचन गराएर वैधानिक कार्यसमिति ल्याउन भनिएको थियो । दोस्रो फैसलामा वर्तमान दुई कार्यसमितिमध्ये निर्वाचित भएर आएको भन्दै बद्री केसी पक्षलाई काम गर्ने बाटो खोलिदिएको थियो ।

    उक्त फैसलाले आफूलाई मर्का परेको भन्दै अरके पक्षले अर्को रिट दायर गरेको हो । शर्मा पक्षले सर्वोच्चको पछिल्लो फैसलाले वैधानिक प्रश्न उठाएको उल्लेख गरेको छ ।

    १०औँ अधिवेशन वैधानिक नभएपछि त्यही कार्यसमितिका सदस्य ११औँ महाधिवेशनमा प्रतिनिधि भएर गराएको निर्वाचनले कसरी वैधानिकता पाउँछ भन्ने उक्त पक्षको प्रश्न छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार